महिला नेतृ महराको पक्षमा, ‘बलात्कार’ आरोपबाट जोगाउन ठूलै प्रपञ्च रचिदै

0 501

असोज १७, निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप र त्यसपछि उत्पन्न घटनाक्रमहरुबारे राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर चासो देखाएको छ ।आयोगले यसघटनाको अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली समेत गठन गरेको छ । घटनाबारे सुक्ष्म अध्ययन गर्नका लागि आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरिएको हो ।महरा प्रकरणको घटनाबारे सञ्चार माध्यममा आएका सूचनाहरु संकलन र विश्लेषण गरिरहेको जनाउदै आयोगले प्रहरी अनुसन्धानबारे पनि जानकारी माग गरेको छ ।यो घटनाबारे सबै कोणबाट अध्ययन गरेर प्रतिवेदन तयार पार्नका लागि उच्चस्तरीय अनुमगन टोली गठन गरिएको राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी टिकाराम पोखरेलले जानकारी दिनुभयो ।

गत आइतबार राति मदिरा बोकेर अनुमति बिना कोठामा आई जबरजस्ती करणी गरेको आरोप एक महिलाले लगाएपछि महराले सभामुखबाट राजीनामा दिनुभएको थियो । तर सोही दिन साँझबाटै पीडित महिलाले बोली फेरेर कुनै किसिमको दुव्र्यवहार नगरेको जिकिर गरेकी छन् ।सोही व्यहोराका निवेदन पीडित भनिएकी महिलाले प्रहरीमा दर्ता गरेपछि यो घटनाको अनुसन्धान गर्न प्रहरी अघि बढेको छैन । परिबन्धमा पारेर पीडितको बोली फेर्न लगाइएको भन्दै सामाजिक सञ्जालमा आक्रोश बढिरहेको छ । यस घटनामा महिला नेतृहरु पनि मौन बसेका छन् । नेकपाकी सांसद पम्फा भुषालले पीडित नै पछि हटिसकेपछि अरु कसैले जति नै कुर्ले पनि फरक नपर्ने बताउनुभयो । उहाँले राज्यका निकायहरु कानुन बमोजिम चल्ने प्रतिक्रिया दिनुभयो ।

बलात्कार जस्तो अपराधमा पीडितले बयान फेरे पनि अथवा जाहेरी नपरे पनि प्राप्त सूचनाका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन मिल्ने कानुनका जानकारहरुले बताउँदै आएका छन् ।तर राज्यका निकायहरु पीडितले आफूलाई कुनै दुव्र्यवहार नगरेको बताइरहेको भन्दै तै चुप मै चुप भएर महरालाई जोगाउने प्रयासमा लागेका छन् । दलका नेताहरुले पनि बलियो गरी यो विषयमा आवाज उठाएका छैनन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महरा प्रकरणमा दोषीलाई अलिकति भए पनि कारबाही हुने विश्वास आफूलाई रहेको तर अहिले अहिले छानबिन भइ नै रहेकोले दबाब आवश्यक नरहेको बताउनुभयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.