जनमुखीले फेला पारेको नया ट्वीस्ट:रोशनीले भनेकी थिइन्: उज्यालोमा भद्र नेता रात परे पछि बलात्कारी हुन्

0 855

जिबन रानाभाट
असोज १७, एक महिलालाइ बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराका बारेमा देशभर अहिले विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।यस घटना संग सम्बन्धित केहि संचार माध्यमले विभिन्न बिषयमा समाचार तयार पारिरहेका छन् ।यौन दूराचारको आरोपमा सभामुख पदबाट राजीनामा दिएका महरामाथि अहिले प्रहरी प्रशासनले पनि छानबिन गर्न आनाकानी गरेको छ ।

यस घटनासंग सम्बन्धित धेरै कुराहरु बाहिर आएपनि जनमुखी अन्लाइनले नया प्रमाण फेला पारेको छ ।महरा र शाही बिचको सम्बन्ध अहिले देखि नभई धेरै बर्ष अघि देखि सुरु भएको देखिएको छ । रोशनी शाहीको फेसबुक आइडीमा महरा र शाही बिचको सम्बन्ध छरपष्ट देखिएको छ ।उनीहरुको सम्बन्ध २०१३ बाट सुरु भएको बुझिएपनि शाहीको फेसबुक वालमा त्यति खेर बाटै उनीहरु शारीरिक सम्बन्धमा रहेको पुष्टि भएको छ ।


२०१३ सेप्टेम्बर २९ मा शाहीले आफ्नो वालमा “सबैको नेता हुनु प्रेमी मेरो मात्र हुनु”भन्दै सार्बजनिक गरेकी छिन ।यो स्टाटसले उनि पहिले देखि नै शारीरिक सम्बन्धमा रहेको बुज्न सकिन्छ ।


त्यस्तै २०१३ सेप्टेम्बर ३० मा उनले राजनीतिक पार्टी र त्यसका नेताहरु कस्तो फोहोरी खेल र फोहोरी अभिनय गर्ने भन्दै कसैको अस्मिता संग खेल्ने,कसैको रगत संग खेल्ने भन्दै अर्को स्टाटस राखेकी छिन ।


यस्तै २०१३ अक्टोबर १४ मा उनले कुनै मान्छेको अनुहार सोझो भएर हुदैन उसको ब्यबहार सोझो हुनुपर्छ भन्दै आफ्नो वालमा लेखिकी छिन्


अक्टोबर ७ मा आफ्नो भबिष्य माथि खेलवाड गर्ने नेताले खै कस्तो संबिधान बनाउलान भन्दै वालमा लेखिकी छिन ।


त्यस्तै २०१४ जनवरी १ मा अर्को स्टाटस लेख्दै उनले राजनीतिलाइ बेस्याको संज्ञा दिएकी छिन ।


जनवरी २२ मा पुन अर्को स्टाटस लेख्दै काठमाण्डौमा बसेर नेताहरुको असली रुप देखिएको बताएकी छिन ।उनले उज्यालोमा ठुला र भद्र नेता रात परे पछि बलात्कारी रहेछन भन्दै आफ्नो वालमा लेखेकी छिन ।

साथै उनले महराका धेरै समाचारहरु पनि सेयर गरेकी छिन ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.