महराकाण्ड बारे जनमुखी अनलाइनले फेला पार्यो नया ट्वीस्ट:सबैको नेता हुनु प्रेमी मेरो मात्र हुनु

0 2,420

जिबन रानाभाट
असोज १६, एक महिलालाइ बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराका बारेमा देशभर अहिले विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।यस घटना संग सम्बन्धित केहि संचार माध्यमले विभिन्न बिषयमा समाचार तयार पारिरहेका छन् ।यौन दूराचारको आरोपमा सभामुख पदबाट राजीनामा दिएका महरामाथि अहिले प्रहरी प्रशासनले पनि छानबिन गर्न आनाकानी गरेको छ ।त्यसमाथि पिडित महिलाले आफुलाई महराले बलात्कार नगरेको बरु उहा आफ्नो बुबा समान भएको बताउदै प्रहरीमा उजुरी नै दिएपछि अहिले घटनाले नया मोड लिएको छ । आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।

घटना कसरि बाहिरियो
पीडित भनिएकी रोशनी शाहीले गत सोमबार एउटा सञ्चार माध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा सभामुख महराले आफूलाई आफ्नै कोठामा जवर्जस्ती गरेको आरोप लगाएकी थिइन् ।आइतबार साँझ घटना भएको र त्यही बेला प्रहरीलाई पनि खबर गरेको उनले प्रहरीले त्यही दिन आएर आफ्नो कोठाको फोटो खिचेर लगेको पनि भिडियोमा बताउँछिन् ।प्रहरीले मंगलबार पीडित भनिएकी महिलाको कोठाबाट महराको भनिएको फुटेको चस्मा, मदिराको बोत्तल र अन्य प्रमाणहरु संकलन गरेको थियो ।

के दवाव र प्रभावमा परेर पिडित महिलाले बयान फेरेकी हुन ?
सभामुख महरालाई यौन दुव्र्यवहारको आरोप लगाएकी महिलाले दवाव र प्रभावमा परेर बयान फेरेको हुनसक्ने धेरैले बताइरहेका छन् । अधिवक्ता, स्वतन्त्र सामाजिक अगुवा, बुद्धिजिवी, पत्रकार, राजनीतिक दलका नेतालगायतले आर्थिक प्रलोभन, अवसरको आश्वासन, ज्यानको सुरक्षा मध्ये केहीको प्रभावमा परेर पिडित महिलाले बयान फेरेको दावी गरेका छन् । पिडित महिलालाई डर धम्की दिइएको वा कुनै प्रलोभनमा पारिएको हुनसक्ने उनीहरुको भनाई छ ।दवाव र प्रभावमा परेर फेरेको बयानलाई आधार मान्न र विश्वास गर्न नसकिने तर्क उनीहरुको छ।सभामुख महराले ती महिलालाई केही नगरेको भएपनि रातको समयमा कसैको कोठामा जानु आफैमा खराव नियत र दोषी प्रष्ट हुने उनीहरुको तर्क छ ।सभामुख महरा यसअघि चिनीया नेतासँग करोडौ रुपैया चन्दा मागेको विषयले पनि आलोचित भएका थिए भने ३३ किलो सुनकाण्ड, लडाकूको रकम हिनामिनालगायतका काण्डमा पनि उनको नाम जोडिएको थियो ।कतिपयले आरोप लगाउने महिलालाई मानसिक रोगी भएकाले त्यस्ताले लगाएको आरोपको विश्वास गर्न नहुने तर्क गरेका छन् । तर मानसिक रोगीलाई सभामुखले किन फोन गरे र रातको समयमा एक्लै भएको बेला डेरामा किन गए भन्ने प्रश्न पनि उत्तिकै उठेको छ ।समाचारमा उल्लेख भए अनुसार श्रीमान् नभएको बेलामा विवाहित महिला कर्मचारीको कोठामा सभामुख गएका हुन् भने त्यसले नियतमाथि शंका गर्नुपर्ने प्रशस्त आधार दिन्छ । महराले खाएको दावी गरिएको बाँकी रक्सी कोठामा हुनु, महराको दावी गरिएको चश्माको एउटा ग्लास रहेको भनिनु, महिलाले तान्दा आएको भनिएको जुत्ताको भित्री तलुवा हुनुलाई साँच्चिकै अनुसन्धान गर्ने हो भने प्रहरीले महराको हो कि हैन भनेर पुष्टि गर्न सक्छ ।

महरा काण्डमा जनमुखी डटकमले फेला पार्यो नया ट्वीस्ट
यस घटनासंग सम्बन्धित धेरै कुराहरु बाहिर आएपनि जनमुखी अन्लाइनले नया प्रमाण फेला पारेको छ ।महरा र शाही बिचको सम्बन्ध अहिले देखि नभई धेरै बर्ष अघि देखि सुरु भएको देखिएको छ । रोशनी शाहीको फेसबुक आइडीमा महरा र शाही बिचको सम्बन्ध छरपष्ट देखिएको छ ।उनीहरुको सम्बन्ध २०१३ बाट सुरु भएको बुझिएपनि शाहीको फेसबुक वालमा त्यति खेर बाटै उनीहरु शारीरिक सम्बन्धमा रहेको पुष्टि भएको छ ।


२०१३ सेप्टेम्बर २९ मा शाहीले आफ्नो वालमा “सबैको नेता हुनु प्रेमी मेरो मात्र हुनु”भन्दै सार्बजनिक गरेकी छिन ।यो स्टाटसले उनि पहिले देखि नै शारीरिक सम्बन्धमा रहेको बुज्न सकिन्छ ।


त्यस्तै २०१३ सेप्टेम्बर ३० मा उनले राजनीतिक पार्टी र त्यसका नेताहरु कस्तो फोहोरी खेल र फोहोरी अभिनय गर्ने भन्दै कसैको अस्मिता संग खेल्ने,कसैको रगत संग खेल्ने भन्दै अर्को स्टाटस राखेकी छिन ।


यस्तै २०१३ अक्टोबर १४ मा उनले कुनै मान्छेको अनुहार सोझो भएर हुदैन उसको ब्यबहार सोझो हुनुपर्छ भन्दै आफ्नो वालमा लेखिकी छिन्


अक्टोबर ७ मा आफ्नो भबिष्य माथि खेलवाड गर्ने नेताले खै कस्तो संबिधान बनाउलान भन्दै वालमा लेखिकी छिन ।


त्यस्तै २०१४ जनवरी १ मा अर्को स्टाटस लेख्दै उनले राजनीतिलाइ बेस्याको संज्ञा दिएकी छिन ।


जनवरी २२ मा पुन अर्को स्टाटस लेख्दै काठमाण्डौमा बसेर नेताहरुको असली रुप देखिएको बताएकी छिन ।उनले उज्यालोमा ठुला र भद्र नेता रात परे पछि बलात्कारी रहेछन भन्दै आफ्नो वालमा लेखेकी छिन ।

साथै उनले महराका धेरै समाचारहरु पनि सेयर गरेकी छिन ।

र अन्त्यमा
संसद् सचिवालयमा कार्यरत महिलाले यौन दूराचारको आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिईसकेका छन् । महराले राजीनामा गरेलगत्तै सोहि साँझ पीडित भनिएकी महिलाले आफ्नो बोली फेरेपछि यो घटना झनै गिजोलिएको छ ।जसरी आरोप लागेलगत्तै राजीनामा दिएर महराले नैतिकता प्रदर्शन गरेका छन् त्यसैगरी प्रहरीले योे घटनाको सत्य तथ्य छानबिन गर्न संकोच मान्नु हुँदैन ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.