महरा काण्ड सार्बजनिक गर्ने पत्रकारलाई ज्यान मार्ने धम्की

0 7,521

असोज १६, संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यबहारको समाचार सार्बजनिक गरेका हाम्रा कुरा डट कमका सम्पादक अजयबाबु सिवाकोटीलाई धम्की आउन थालेको छ ।

सिवाकोटीले अज्ञात नम्बरबाट फोन गरेर आफूलाई बारम्बार धम्की आएको भन्दै आफ्नो सुरक्षाका बिषयमा ध्यानाकर्षण गराएका छन् ।

समाचार सार्बजनिक भएलगत्तै अनेक किसिमका धम्की आएको पत्रकार सिवाकोटीले बताएका छन् । उनले आफूमाथि नेकपाका कार्यकर्ताले आक्रमणको योजना बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले सुरक्षा निकाय,राजनीतिक दल, नागरिक समाज र संचारमाध्यमहरुसंग सुरक्षाका बिषयमा ध्यानाकर्षण गराएका छन् ।

ट्वीट गर्दै उनले भनेका छन् ‘सुरक्षा निकायलगायत सत्तारुढ दल तथा बिपक्षी दलहरुका नेतृत्व, नागरिक समाज र आमसञ्चार माध्यमको पनि मेरो सुरक्षा बिषयमा ध्यानाकर्षण होस् ।’

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.