बारामा रक्सी बनाउन जम्मा गरिएको पानीमा ५ जनाको शव फेला

0 470

असोज १५, बारामा बुधबार साँझ आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ ।अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाराको फेटा गाउँपालिका४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उहाँकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएकोे प्रहरीले जनाएको छ ।

करेन्ट लागेर हो कि अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थल पुग्नु भएका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी गराउनुभयो ।

४-५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.