१० बर्षे जनयुद्दमा लाग्नु नै मेरो सबै भन्दा ठुलो भुल थियो:-पूर्व लडाकु सिद्दान्त (भिडियो कुराकानी सहित)

0 24

पौष १८ चितवन, १० बर्षे जनयुद्दमा लाग्नु नै आफ्नो सबै भन्दा ठुलो भुल भएको चितवनका पूर्व लडाकु सिद्दान्त चेपाङ्गले बताएका छन् ।आज जनमुखी डटकम संग कुरा गर्दै उनले पार्टीको अहिलेको अवस्था देख्दा आफुलाई बेकार जनयुद्दमा होमिएको जस्तो लागेको बताए ।आफु २०५८ सालमा १८ बर्षको हुदा जनयुद्दमा लागेको स्मरण गर्दै उनले अहिले आफ्नो परिवारको अवस्था दयनिय रहेको बताए ।१० बर्षे जनयुद्दका उपलब्धि सस्थागत हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै त्यो बेलाको माओबादि र अहिलेको नेकपा(पुर्ब माओबादि केन्द्र) बीच धेरै फरक रहेको बताए ।आफुले नेतालाई रिझाउन नसक्दा आफ्नो त्याग र तपस्याको प्रतिफल स्वरुप पार्टिले १० वर्षे जनयुद्धमा लागेकाहरु प्रति सौताने व्यवहार देखाएको उनले बताए ।पार्टिले आफ्नो समाजवादको नारालाई विर्सदा दुख लागेको बताउदै उनले गरिब र निमुखा वर्गले राजनिति गर्न नहुने बताए ।
हेरौ उनीसंग जनमुखी डटकमले गरेको कुराकानी:-

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.