महरा काण्डमा जोडियो ओनसरी घर्ति र पम्फा भुषालको नाम

0 8,356

असोज १४, काठमाडौ । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी महिलाले नेपाल कम्युनिष्ट पार्टीका नेतृहरू पूर्वसभामुख ओनसरी घर्ती र पम्फा भुषाल लाई घटना बारे पहिल्यै बताएको तर उनीहरूले कुनै सहयोग नगरेको बताएकी छन् ।

नेतृ पूर्वसभामुख ओनसरी घर्ती

पूर्वसभामुख घर्तीले आफूलाई ती महिलाको कुनै मेसेज नआएको र घटनाबारे थाहा नभएको बताइन्। तीन वर्षअघि पनि ती महिलाले महराले आफूसँग गर्ने आचरणबारे घर्तीलाई लिखित जानकारी गराएको बताएकी छन्। तर घर्तीले भने त्यसलाई अस्वीकार गरिन्।‘उनले न मलाई सम्पर्क गरेकी छन् न एसएमएस गरेकी छन्। निवेदन पहिले दिएको पनि छैन।’ घर्तीले भनिन्।

नेकपाकी अर्की सांसद पम्फा भुषालले पनि आफूलाई यो विषय मा पहिला केहि जानाकारी नभएको बताइन्।
‘मलाई उनको फोन आएको छैन। मेसेज पनि छैन। कुरा उठेपछि छानबिन होला यसबारे मलाई केही नसोध्नु,’ उनले भनिन्।

                                                                नेतृ पम्फा भुषाल

घटनामा नेकपाका प्रभावशाली नेत्रीहरुको नाम जोडिएसनगै विषय झन् पेचिलो बनेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.