राज्यका संरचनालाई रुपान्तरण गर्ने सवालमा राजनीतिक नेतृत्व चुक्दै आयो: प्रचण्ड(भिडियो सहित)

0 44

बैशाख २४, पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्वले राज्यका सबै संरचनाहरुलाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल बनाउन नसकेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै उहाँले प्राप्त राजनीतिक परिर्वतन र उपलब्धिलाई संस्थागत गरी जनतालाई सन्तुष्ट बनाउने र परिर्वतनअनुसार राज्यका संरचनालाई रुपान्तरण गर्ने सवालमा राजनीतिक नेतृत्व ७० वर्षदेखि नै चुक्दै आएको टिप्पणी गर्नुभएको हो । राजनीतिक परिर्वतन सँगै राज्यसंरचनाहरुको शैलीलाई परिर्वतन गर्न नसक्दा पुरानै सोच र शैली हावी हुने खतरा पनि उत्तिकै रहेको भन्दै उहाँले त्यस तर्फ नेतृत्व गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिन प्रतिदिन परिर्वतन डाइल्युट हुँदै जाने खतरा । राज्य संरचनाका अन्य अवयभहरुले राजनीतिक नेतृत्वको प्रवृतिलाई भुत्ते बनाउन सक्ने र पुरानै सोच र शैली हावी हुने खतरा हुने त होइन । यो प्रश्न अब अब हल भैसक्यो अब केही पनि हुन सक्दैन भन्ने अवस्था अझै पनि छैन ।’

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.