खैरहनी नगरपालिका हरेक क्षेत्रको विकास निमार्णमा अघि छ: मेयर चौधरी

0 54

पुर्वि चितवनमा रहेको खैरहनी नगरपालिका स्थानिय निर्वाचन भए संगै विकासमा निकै फड्को मारेको छ । यस नगरपालिकामा केन्द्र सरकार , प्रदेश सरकार र नगरपालिकाको वेजेट वाट विकास निमार्णको क्षेत्रमा अघि वढेको प्रस्ट देखिएको छ ।
खैरहनी नगरपालिका विकास संगै अन्य क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गरेको खैरहनी नगरपालिका प्रमुख (मेयर) लालमणि चौधरीले वताउनु भएको छ ।
चौधरी संग जनमुखी मिडिया नेटवर्कका लागि विकास पौडेलले गर्नु भएको कुराकानी यस्तो छ ।

स्वागत छ । लालमणि जी जनमुखि मिडिया नेटवर्कमा ।
धन्यवाद विकास जी
आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
आज भोलि नगरकै काममा व्यस्त छु ।
खैरहनी नगरपालिका को प्रमुख परिचय के हो ? कसरी हेर्न सकिन्छ ?
खैरहनी नगरपालिका साविक चार ओटा गा.वि.स मिलेर वनेको नगरपालिका हो । यस नगरपालिका कृषि र पर्यटन क्षेत्रको रुपमा चिनिन्छ भने पछिल्लो पटक यस नगरपालिकामा उधोग स्थापना हुने क्रम पनि वढिरहेको छ । समग्रमा खैरहनी अहिले कृषि र पर्यटन क्षेत्रको रुपमा नै परिचत छ ।
विकास निमार्ण क्षेत्रमा के के हुदै छ खैरहनी भित्र

खैरहनी भित्र अहिले साना ठुला गरेर थुपै विकाश निमार्णको काम भएको छ । केहि मुख्य मुख्य विकाश निमार्णका कुरा गर्दा शित भण्डार निमार्ण , खैरहनी भित्रको ३० किलोमिटर सडक कालोपत्रे , खोलानालामा ढ्याक निमार्ण , फोहोर मैला व्यवस्थापन ,खानेपानी लगायत क्षेत्रमा अहिले धमाधम काम भैरहेका छन् ।
खैरहनी भित्र साना ठुला थुपै खोलानाला छन् कसरि व्यवस्थापन गर्दै हुनुहुन्छ वर्षाको सिजन आउने वेला भयो ?
हो तपाईले सहि भन्नु भयो हाम्रो नगरभित्र धेरै छन् यसको व्यवस्थापनमा नगरपालिका लागि रहेको जानकारी गराउन चहान्छु । यति वेला खोलानाला जिविकोपार्जनको सहयोगका ढ्याक निमार्ण लगायत अन्य सुरक्षको उपायहरु अपनाएका छौ ।
वर्षात समयमा लोथरको वाध फुट्न लायो भनेर जनता त्रसित हुन्छन् नि के छ यस्को अवस्था ?
हो यो विषयमा निकै कुराहरु आउछ र खैरहनीको मात्रै नभएर हामि पुर्वि चितवनका नगरपालिका हामि सवैलाई यसले समस्या पार्ने गरेको छ । म के भन्न चहान्छु भने राप्तिको ड्याम फुट्ने अवस्था छैन नियमित मर्मत संसार गरेका छौ र हल्लाको पछि नलाग्न म यहि वाट आग्रह पनि गर्दछु । अव राप्तिमा कंक्रिट ड्याक निमार्ण हुनेछ र लोथर देखि सौराहा सम्म कंक्रिट ड्याक निमार्ण भए पछि यो समस्या नआउने आशावादी रहेका छौ सवै प्रकिृया पुरा भएको छ अव ५ वर्ष भित्र काम सम्पन्न हुने छ ।

खैरहनी नगरपालिकामा नियमित फोरहर मैले व्यवस्थापन नभई उपभोक्ता संग शुल्म मात्रै लिएको आरोप छ नि ?
यसो भयो भन्नेमा म छैन । व्यवस्थापनको पाटोमा केहि समस्या भएकै हो तर शुल्क लिएर पनि फोहोर उठेन भन्ने चाहि गलत हो ।
केहि समय ठेकेदार नआएर फोहोर संकलन नहुन सकेको र त्यस समयमा शुल्क नलिएको पनि म जानकारी गराउन चहान्छु । साथै नगरमा अव कुहिने फोहोरवाट ग्यास र कम्पोष्ट मल वनाउने तयारी भएको समेत म जानकारी गराउद छु ।
पर्यटनको क्षेत्रमा के गर्दै हुनुहुन्छ ?
हामि संग भएका त्यस्ता ठाउको पहिचान गरि पर्यटन गतिविधि भित्र्याउन हामि लागि परेका छौ । हामि संग अहिले कुमरोज , कुचकुचे ,कंकालि मुख्य पर्यटकीय क्षेत्र हुन् । यसको सम्भावना र विस्तामा ध्यान केन्द्रित गरेका छौ ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न तपाईको नगरले के गर्दै छ ?
पर्यटकिय क्षेत्रको वारेमात अघि राखि सके अझै हामि संग १७ किलो मिटर चितवन राष्ट्रि निकुञ्ज संग सिमा जोडिएको छ । राप्ति ड्याकमा सफारी गरर्ने , मौलिक साँस्कृतिक प्रस्तुतीहरु देखाउन र हाम्रो तर्फ वाट गर्न पर्ने हरेक काम गर्न तयार रहेको कुरा जानकारी गराउदछु ।
समग्र रुपमा देशभरको समस्या ,सामुदायिक विधालयको अवस्था के छ?
देश भरकै समस्या यहा छैन भनेर कसरि भन्ने तर पहिलाको भन्दा पछिल्लो पट सकारात्मक छ । सामुदायिक विधालयमा सरकारले गरेको लगानि र सामुदायिक विधालयमा अध्ययन गर्दाको फाईदा वारे वुझाउन सके सामुदायिक विधालयलाई पनि संस्थागत सरहको अवस्थामा लैजान सकिन्छ र खैरहनी नगरपालिकाले यस्लाई विशेष अभियानको रुपमै सुरु गर्ने पनि म यहा जानकारी गराउदछु ।
अन्तयमा के भन्न चहानु हुन्छ ?
तपाईको मिडियामा हाम्रो नगरको तर्फवाट आफ्नो विचार राख्ने अवसर दिनु भयो तपाई र तपाईको टिमलाई धन्यवाद व्यक्त गर्दछु ।
व्यस्त समय निकालेर हामिलाई समय उपलव्ध गराउनु भयो यहाँलाइए पनि धन्यवाद व्यक्त गर्दछौं ।
धन्यवाद

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.