कृषकलाई राज्यले हृर्ने दृष्टि गलत छ:भिमलाल सापकोटा

0 60

व्यवसायीक कृषकलाई राज्यले हेर्ने नजर गलत रहेको व्यवसायीक पशुपालक कृषी समाजका केन्द्रिय सदस्य भिमलाल सापकोटाले वताएका छन् । विगत ११ वर्षदेखि व्यवसायीक रुपमा पुशुपालन गरेका सापकोटाले राज्यवाट पाउने सेवा वास्तविक किसानले पाउन नसकेको वताउनु भएको छ ।
सापकोटा संग जनमुखी मिडिया नेटवर्कका लागि विकाश पौडेलले गर्नु भएको कुराकानी यस्तो छ ।

स्वागत छ यहाँलाई जनमुखी अनलाईनमा ?
धन्यवाद विकास जी,

आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
आज भोलि पशुपालन व्यवसायमा नै व्यस्त छु । वाकि रहेको समय खेतिपाति तिर ध्यान दिन्छु ।

अहिले पशुपालनको अवस्था कस्तो छ ?
पशुपालन व्यवसाय राम्रो छ । सुरुसुरुमा व्यवसाय भन्दा पनि परम्परागत रुपमा गरे अहिले व्यवसायीक रुपमा व्यवसाय गर्ने संख्या वृद्धि भएको छ र दुख गर्न सके पशुपालन व्यवसाय धेरै राम्रो छ ।

व्यवसाय राम्रो छ भनिरहदा विभिन्न समस्याहरु पनि होलान नी ?
समस्या त हरेक क्षेत्रमा हुन्छ र यस क्षेत्रमा त झनै नहुने कुरै भएन । पशुपालन व्यवसायका समस्या सुन्दा जति सामान्य लाग्छ त्यती जटिल पनि छ । विभिन्न समयमा देखा पर्ने रोग खोरेत , चर्चरे ,भ्यागुते र थुनेलो प्रमुख समस्याको रुपमा छन् ।

यी रोगहरुको रोग थामको लागि राज्य र व्यवसायको तर्फ वाट के गर्न सकिन्छ ?
राज्यले गर्छ भन्न भन्दा पनि आफुले व्यवसाय गरे पछि आफै सतर्क रहन पर्छ । रोग लाग्न भन्दा पहिले नै वेला वेलाका प्राविधिकको सहयोग मा गाई ,भैसीको चेक जाँच गर्ने र रोग लाग्न भन्दा पहिले नै सतर्कता अपनाउन सके केहि हत सम्म समस्या वाट वच्न सकिन्छ । साथै राज्य वाट पनि वेला वेलामा परिक्षण शिविर भ्याक्सिन उपल्वध गराउन पर्छ ।

राज्यले अनुदानका कुराहरु ल्याँउछ यसको अवस्था के छ ?
राज्यले ल्याँउछ भन्ने सुनेको छु । तर त्यसको अवस्था खै के छ भनौ व्यवसायीक किसानले भन्दा पनि झोले किसानहरुले यसको फाईदा उठाउदा वास्तविक किसान सम्म यो सुविदा पुगेनकी जस्तो लागछ ।

सरकारले चिनवाट उन्नत जातको गाई ल्याउने कुरा गरेको छ नि तपाई के भन्नु हुन्छ ?
यो कुरा मैले पनि पहिलो पटक सुन्दा अचम्म परेको थिय । खै सरकारले के देखेर हो म चाहि यसको विपक्षमा छु । चिनको गाई वरावरको उत्पादन दिन सकिने गाई यही छन् ।

सरकारले किसानको हित भन्दा पनि केहि ठुला व्यवसायको पछि लागेर यो गर्दै छ कि ?
एसिमा वसेका गाई यहा कसरि राख्ने कति उत्पादन दिने केहि आँकलन नगरि राज्यले के गर्न खोज्दै मैले वुझन सकेको छैन । यसको विक्षमा छु र हाम्रो संस्थाको तर्फ सरकारको ध्यानाकर्षण गराएका छौ हेरौ राज्य कुन वाटोमा जान्छ ।

दुध जन्य पदार्थको वजारीकरण कस्तो छ ?
चितवनको हकमा कुरा गर्दा खपतको समस्या छैन । चितवनमा दैनिक करिव ३ लाख लिटर दुध उत्पादन हुने गरेको छ । चितवनको दुख ८० प्रतिशत चितवनमा खपत हुने गरेको छ र २० प्रतिशत काठमाडौ जाने गेरेको छ । समग्र कुरा गर्दा नेपाल भर नै खपतको समस्या नरहेको तर उचित मुल्य भने किसानले पाउन सकेका छैन् ।

संघियता अघि र पछि व्यवसायलाई के लाभ भयो ?
संघियता भन्दा पहिला राज्यले कृषकलाई केहि हेरेको भए पनि अहिले संघियतामा कृषकले अनुभुति गर्न पाएन ।

किसानहरुको चहाना राज्यले के गर्दे हुनथ्यो भन्ने छ ?
राज्यवाट किसानले आफ्नो गाई भैसी नै वंैकमा धितो राखेर १ प्रतिशत व्याजदरमा ऋण लिन सकिने व्यवस्था गर्न सके व्यवसायी पनि वृद्धिहुने र गरिरहेका किसानलाई पनि राहात हुन्थ्योकी भन्ने आशा छ ।

व्यस्त समय निकालेर यो कुराकानरीको लागि समय उपलव्ध गराउनु भएको धन्यवाद !

धन्यवाद

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.