प्रचण्ड देशका लागि लडे:आफु बाहुन भएर दलितका लागी लडे

0 649

मानिस जन्म बाटै प्रधानमन्त्री भएर जन्मिदैन । राजाको छोरा भएर हुर्केको राजकुमारको पनि राजा हुन्छु हुँदिन भन्ने आफ्नो कर्ममा भर पर्दो रहेछ । कम से कम नेपालमा यो कुरा सम्झाई रहनु पर्दछ जस्तो लाग्दैन । खाउँखाउँ लाउँलाउँको उमेरमा गरिबी, भोकमरी, जातिय भेदभाव, वर्गीय भेदभाव, क्षेत्रिय विभेद, सामन्तवाद, बेरोजगारी लगायतका कैयन समस्याले धेरैलाई खाडी पठायो । धेरै राजा साहेबको चाकडी गरेर सरकारी नोकरी खाए । चाकडी गर्नेले त गर्यो नगर्नेको के त ? ५०÷५१ सालमा पढेका मानिसले आफुले जागीर खाएर धेरै माथिसम्म जाने असिम सम्भावना थिए । त्यो समयमा सामान्य पढेका मानिस सामन्ती सरकारको चाकडी गर्ने सचिव उपसचिव बने । डाक्टर बने इन्जिनियर बने । अब्राह्म लिङकनले लेखेको “छोरालाई चिठी” शिर्षकको लेखमा जस्तै केहि मानिस आफ्नो सुनौलो भविष्य होईन अरुको दुःख देख्ने भए । राणाशासन, पञ्चायत, राजतन्त्रमा पहुचवालाका आशेपाशे मोटाएको र अरु साधारण जनताको हाड खिईदै गएको देखे । कर्णाली रोएको देखे । तामाङ रोएको देखे । मगरले आफ्नै संस्कार मान्न लजाएको देखे । थारु कमलरी भएको देखे । धनि ब्राह्मण गरिब ब्राह्मणलाई बरु भोकै मर तर हलो छुन हुन्न भनेको देखे । विधवालाई राणी, बोक्सी, वेश्याको आरोप लगाएर हिँसा गरेको देखे । विद्यार्थीले खोक्रो बोक्रे विद्या पाएको देखे । न पुल न पुलेसो । न बाटो न घाटो । सदियौँ देखि बाजे बराजुको नाम बेचेर खाएका सामन्त व्यक्ति औकात विना राजा भएको देखे । राजा जसले आफुलाई भगवानको दर्जा दिएर जनतालाई आफ्नो शरणमा पार्दथे उनीहरुले राजा पनि हामी जस्तै हुन । राजा भएपछि जनता प्रति उत्तरदायी हुनुपर्दछ भन्ने मत राखे । उनीहरु राजा भगवान हुन पुजा गर भनेको भए उही समयमा प्रधानमन्त्री हुँन सक्थे । तर उनीहरु आफ्नो मात्र होइन जनताको पनि भलो चाहे र ज्यानको बाजी राखेर भविष्य विनाको वर्तमानमा संङघर्ष गरिरहे ।
गाउँ गाउँमा पुगे । जनता जतिवेला राजा भगवान हुन राजाको विरुद्ध बोले पाप लाग्छ भन्ने सोच्दथे । जतिवेला मानिस आज जस्तो शिक्षित थिएन, आज जस्तो प्रविधि थिएन । त्यो समयमा नेपाल जो आफैमा शिक्षा क्षेत्रमा पछाडि थियो उहि देशको सबैभन्दा अशिक्षित क्षेत्रमा गएर सबैभन्दा अशिक्षित व्यक्तिलाई राजनिती सिकाए । आफ्नो घर, बाबा आमा, बाबाआमाका सपना, श्रीमति छोराछोरीका सपना देखेर पनि नदेखे झैँ देखे । आफु बाहुन भएर दलितका लागी लडे । टाउकाको मुल्य तोकिदा जनताको नाममा शहिद हुन तयार भएर हिडे । संघर्षका दौरान आफ्ना कैयन योद्धा आखै अघि शहिद भएको देखे । रुन मन हुँदो हो छाती पिटेर छोडन मन हुँदो हो त्यो युद्ध । तर मृत आत्माको सपना पुरा गर्न झन उर्जा लिएर लडे । देशका लागी लडे । माटोका लागी लडे । रातभर घुडा खियाएर लोकसेवाको जागीर हैन भोकै रहेर योद्धालाई खुवाएर लडे । खान नपाएर चोरी गरे, बैंक लुटे । लुटेको र चोरेको कति पुग्छ ? भोकलाई शक्ति बनाएर लडे । राजाको आसपास चाकडी गर्नेहरु पनि राजा छाडेर उनीहरुलाई नै समर्थन गरे । महान युद्ध भयो । यो २१ औँ शताव्दीमा १३ दिनको आन्दोलन महाभारतको १३ वर्षको युद्ध जस्तै थियो । छेउमै आफ्नो प्रिय कमरेड राजावादीको गोली लागेर ढल्यो । मन थियो उसलाई हस्पिटल लग्न । लड्थे अरु जनता । मर्न लाग्दा साथिले भन्यो जनताको जित हुनु पर्छ । उसको बोलीले भोक मारेर लडे । आखिरमा राजा फालेरै छाडे । राजा फाले पछि विविध उतरचढाव । राजा फालेपनि राजाको चाकडी गर्ने आदत परेकाहरुसंगको मित्रता । हरेक पाईलामा पासो । अन्तत लेडे राजनितिले पनि जनताको कैयन माग पुरा भए । हुन त मानिस अपूर्णताको प्रतिक हो । तैपनि पुर्ण पार्ने प्रयास भए । ऊ आखिरमा प्रधान मन्त्री भए त्यो पनि कार्यकारी । एउटा किसानको छोरो राजा भयो । आज महिला प्रधान पदमा गएनन भन्दै गर्दा हिजो महिला मात्र होइन कोही पनि साधारण जनता प्रधान मन्त्री हुँदैन थियो भन्ने सायदै कसैलाई हेक्का हुँदो रहेछ । किनकी मानिस अरुको खेदो खनेर अघि बढ्दो रहेछ ।
आज यो लेखको पंङति परिवर्तन भएपछि म प्रचण्डलाई, बाबुरामलाई हत्यारा देख्दैछु । हुन पनि हो छेउमै मर्न लागेको साथिलाई काध दिएर देशको नारा भुल्नु पर्दथ्यो । पढेको मानिस राजाको चाकडी गरेर माथिल्लो पदमा पुग्नु पर्दथ्यो । न कि देशको नाममा टाउकाको मुल्य तोकाउनु पर्दथ्यो । आज उसको छारो मर्दा उसलाई श्राप लागेकै हो नेपाली जनताको नाममा आफ्ना बाआमा र घरपरिवारको सपना बेचेको । ऊ प्रधानमन्त्री हो । ऊ राननितिज्ञ हो । उसको आलोचना हुनै पर्दछ । आज न्यायधिस देश भक्त, डाक्टर इन्जिनियर देश भक्त, चाकडिवाज सचिव उपसचिव देशभक्त र ऊ राजनेता देश द्रोही हत्यारा ।
छोरा तँ अरुको लागी हैन आफ्नो लागी बाँचेस ।
जनमुखी अनलाइनका सहयोगी संबाददाता मदन भण्डारीको लेख

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.